October 18, 2024, 11:25 am
» विपत्तिलाई मिलेर सामना गरौँ : प्रधानमन्त्री » दिल्लीमा आगलागीमा हुदाँ दुई जनाको मृत्यु, चार घाइते » वर्तमान सरकारमा कुनै पनि दरार आएको छैन : रामहरि खतिवडा » रविविरुद्ध आजै कास्की अदालतमा पक्राउ पूर्जी लिने तयारी » यो साता सेयर बजार २.८८ प्रतिशत बढ्यो

चाडपर्व लक्षित राष्ट्र बैंकको योजना : वालेटमार्फत् अब दैनिक ३० पटकसम्म कारोबार गर्न पाउने

अशोज २२, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ तथा तिहारमा हुने कारोबार तथा दक्षिणा आदान प्रदानलाई सहज बनाउने उद्देश्यले वालेटमार्फत प्रतिदिन गर्न पाउने कारोबार संख्याको सीमा बढाएको छ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले यस्ता वालेट प्रयोगकर्ताले दसैँको दश दिन र तिहारको सात दिनका लागि एकै दिनमा ३० पटकसम्म कारोबार गर्न पाउने व्यवस्था मिलाएको हो । यसअघि एक दिनमा बढीमा १० वटा मात्रै कारोबार गर्न पाइन्थ्यो ।

राष्ट्रबैंकका अनुसार, यो संशोधन दसैँका लागि असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म र तिहारका लागि कात्तिक १५ गतेदेखि कात्तिक २२ गतेसम्मका लागि लागु हुने छ ।

अहिले बजारमा २७ वटा भुक्तानी सेवा प्रदायक कम्पनीका वालेट सेवा सञ्चालनमा रहेकोमा इसेवा, खल्ती, आईएमई-पे बढी प्रयोगमा छन् ।

प्रतिक्रिया