काठमाडौं, : । ठग र अपराधीको संरक्षणमा नेपाली कांग्रेस लागेको आरोप नया पक्कै होईन ।
उपसभापति धनराज गुरुङलाई जोगाउँदा डा.आरजु देउवालाई अमेरिका रहेका नेपालीबाट देखाइएको त्यो सद्भावको मूल्यांकन कसले गर्ला ?
विगतमा पार्टी संस्थापन पक्षको आश्रयबाट मनोनित केन्द्रीय सदस्यहरु विभागका प्रमुखसँगै सदस्यहरु आफ्ना कति पर्छन भन्दै कुर्लने डा.शेखर कोइराला सहकारी ठगले १४ करोड ५० लाख जनताको लुट्दा चुइँक्क बोलेनन् कांग्रेसीहरुनै भन्न थालेका छन् ।
कांग्रेसमा धनराज गुरुङ र दीपक खड्का भ्रष्टाचारका पात्र हुन् ,यस्तै चर्चा चुलिएको छ । यी दुबै कोइराला परिवारसँग नै जोडिएका छन् ।
धनराज डा.शेखर निकट हुन भने खड्का डा.शशांक निकट हुन् ।
कानूनमन्त्री बनेका बेला गुण्डा र ज्यानमाराको अदालती मुद्दा कमजोर बनाएर मुद्दा फिर्ता लिँदै छाड्ने नैतिक साहस भएकै कारण धनराजले कानूनमन्त्रीबाट हटेपछि मितेरी सहकारीको ९५ लाख ऋण तिरेका थिए ।
कैदीहरुको चालचलन सुध्रिएको बाँकी अवधि छुट पाउन कांग्रेसी गुण्डा रिगल ढकाल जेलमुक्त भए । जसले चेतन मानन्धरको हत्या गरेका थिए ।
आफै तरुण दलको महासचिव भएका बेला सांसदहरुको रातो पासपोर्ट बेच्न लागेको आरोपले गुरुङलाई नैतिकताको पाठ बारे धेरै उल्लेख गरिरहन उपयुक्त नहोला ।
चुनाव जित्न सघाएबापत उनले तत्कालीन निर्वाचन अधिकृतलाई गुण लाए । कांग्रेस, एमाले, एमाओबादीमा धनराजहरु धेरै छन् ।
तर, आर्थिक अपराधमा जोडिँदा डा.आरजु राणाको रापतालले जोडिने धेरै हुँदा अब डा.शेखर समुह पनि एउटै मेसोमा फसेको छ ।
त्यसो त कांग्रेस भित्र डा.शेखर समुह धनराजहरुका बारेमा तै चुप मै चुप रहंदा कांग्रेस महामन्त्री गगन थापाले धनराजको सहकारी काण्ड छानबिनका लागि भित्र भित्रै आवाज चर्काएका छन् ।
प्रतिक्रिया