February 26, 2025, 11:53 am
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

जनताले प्रमुख दलहरूबाट नै मुलुक सुधारको अपेक्षा गरेका छन्ः महासचिव पोखरेल

कार्तिक ३०, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

काठमाडौँ, 

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनताले कांग्रेस-एमालेप्रति नै विश्वास र भरोसा गरेको बताएका छन्।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा पार्टीको तर्फबाट आगामी मंसिर ७ गते काठमाडौंमा आयोजना हुने जागरण सभा कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन्।

महासचिव पोखरेलले प्रमुख दलहरूप्रति जनता असन्तुष्ट छन् भन्ने कुरा गलत हो भन्ने सन्देश दिन पनि पार्टीले सो जागरण अभियान सञ्चालन गर्न लागेको स्पष्ट पारे। नेपाली जनताले प्रमुख दलहरूबाट नै मुलुकमा सुधारको अपेक्षा गरेको महासचिव पोखरेलको जिकिर थियो।

प्रतिक्रिया