October 18, 2024, 11:26 am
» विपत्तिलाई मिलेर सामना गरौँ : प्रधानमन्त्री » दिल्लीमा आगलागीमा हुदाँ दुई जनाको मृत्यु, चार घाइते » वर्तमान सरकारमा कुनै पनि दरार आएको छैन : रामहरि खतिवडा » रविविरुद्ध आजै कास्की अदालतमा पक्राउ पूर्जी लिने तयारी » यो साता सेयर बजार २.८८ प्रतिशत बढ्यो

सर्लाहीमा बाढी : मृतकका परिवारलाई जनही दुई लाख सहयोग

अशोज २०, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

बरहथवा– बाढी तथा डुबानमा परेर ज्यान गुमाएका सर्लाहीको बलरा नगरपालिकाका दुई परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले राहत रकम पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् । प्रजिअ अधिकारीले मृत्यु भएका दुई परिवारलाई जनही दुई लाख बराबरको चेक हस्तान्तरण गरिएको जानकारी दिए ।

गत असोज १२ गते बागमती नदीमा आएको बाढी बाँध फुटाएर गाउँ पस्दा जिल्लाको दक्षिण पश्चिम बलरा नगरपालिका-३, लक्ष्मीपुरका १३ वर्षीय अङ्कित ठाकुर र वडा नम्बर-१, हथियौलका २७ वर्षीय पवन गिरीको मृत्यु भएको थियो ।

उनीहरू दुवै जनाको शव खोजीको क्रममा तेस्रो र चौथो दिन फेला परेको थियो । दुवै जनाका परिवारलाई घरमै पुगेर राहत स्वरूप सङ्घीय सरकारले निर्णय गरेको रकम प्रदान गरिएको हो ।

त्यसैगरी पालिकाका दुई पीडित परिवारलाई बलरा नगरपालिकाले पनि जनही एक/एक लाख राहत रकम प्रदान गर्ने निर्णय गरेको बलरा नगरपालिका प्रमुख रामाशङ्कर प्रसाद कुशवाहाले जानकारी दिए । विपन्न पीडित परिवारलाई सोही राहत रकमबाट मिलान गर्ने गरी तत्काललाई काजकिरियाको लागि शुक्रबार मात्र जनही २५ हजार रुपैयाँ रकम उपलब्ध गराएको उनको भनाइ थियो ।

यस्तै अविरल वर्षापछि सोती खोलामा आएको बाढीले बगाएर सर्लाहीको बागमती नगरपालिका-९, सक्रौल टोलका १४ वर्षीय मुकेश महतोको पनि मृत्यु भएको थियो । महतो परिवारलाई पनि राहत स्वरूप दुई लाख रुपैयाँ प्रदान गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया