February 26, 2025, 5:40 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

बिआरआईमा अनुदान मात्र स्वीकार्यः नेता निधि

मंसिर ७, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बिआरआई अनुदानका रूपमा प्राप्त भएमा मात्र स्वीकार्न सकिने बताउनुभएको छ ।जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरूसँग उहाँले बिआरआईका विषयमा राष्ट्रिय छलफल र बहस गरी साझा धारणा बनाउनुपर्नेमा जोड दिनुभयो ।

“आयोजना अनुदानमा दिइयो भने ठिक छ तर ऋणका रूपमा लिनु हुँदैन। यसमा हामीले आफ्नो कुरा राखिरहेकै छौँ”, निधिले भन्नुभयो ।उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणअघि नै आवश्यक छलफल गरी समझदारीमा पुग्नुपर्ने बताउनुभयो ।

“ऋण लिने गरी कुनै सम्झौता गर्न नहुने पक्षमा कांग्रेस रहेको छ । यसमा बृहत छलफल गरी निष्कर्षमा पुग्न जरूरी छ । अन्तर्राष्ट्रिय सम्बन्ध समिति र संसद्मा पनि यस विषयभित्रका सन्दर्भ र योजनाबारे छलफल हुनपर्छ ।” रासस

प्रतिक्रिया