October 18, 2024, 8:29 am
» पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना » सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि » दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु » Gold price reaches all-time high, trading at Rs 164,400 per tola » सलमान खानलाई फेरि आयो ज्यान मार्ने धम्की

एकीकृत समाजवादीका सांसदले १५ दिनको तलब राहत कोषमा दिने

अशोज १६, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसदहरूले बाढी पहिरो प्रभावितका लागि १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् ।
एकीकृत समाजवादीका उपमहासचिव तथा सचेतक मेटमणि चौधरीले अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै पार्टी र दलको निर्णयअनुसार सांसदहरूका तर्फबाट सो सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
नेकपा एकीकृत समाजवादीका प्रतिनिधिमा १० र  राष्ट्रियसभामा ८ गरी १८ जना सांसद रहेका छन् ।
चौधरीले आफ्नो पार्टीका सांसदको १५ दिनको पारिश्रमिक कोषमा जम्मा गरिदिन संसद सचिवालयलाई पत्र लेखेका छन् ।

प्रतिक्रिया