November 22, 2024, 7:12 pm
» एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता » मन्त्री यादवको निर्देशन- देशभरका खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस् » क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रूसको चेतावनी » लुम्बिनी पुगे पूर्वराजा ज्ञानेन्द्र शाह, गरे विशेष पूजा » बिआरआईमा अनुदान मात्र स्वीकार्यः नेता निधि

खाद्य र पेय पदार्थको मूल्यवृद्धि ६.१७ प्रतिशतले बढ्यो

अशोज १०, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

काठमाडौं २०८१ साउन महिनामा वार्षिक खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ६.१७प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा यस्तो देखिएको हो । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मूल्यवृद्धि क्रमशः ८.९० प्रतिशत रहेको थियो । 

समग्रमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ४.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ७.५२ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि २.९४ प्रतिशत रहेको थियो भने अघिल्लो वर्ष सोही अवधिमा ६.६२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १९.०७ प्रतिशत, दाल तथा गेडागुडीको १२.०९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ३.६६ प्रतिशतले बढेको छ भने मरमसला उप- समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.७५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया