December 29, 2024, 2:13 am
» सर्वोच्च बारमा सत्तारुढ दलबीच नै कडा प्रतिस्पर्धा » बैतडीमा चट्याङ लागेर चार जना घाइते » आइतबारको विदेशी मुद्राको विनिमय दर कति » यी प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना » राष्ट्रिय च्याउ दिवस : परिकार निःशुल्क चाख्न पाइने

कांग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनित

अशोज ७, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

काठमाडौं । नेपाली कांग्रेसका सभापति रबहादुर देउवाले पार्टीको संसदीय मामिला विभागमा १० सदस्य मनोनित गरेका छन् ।
गोविन्दबहादुर शाह प्रमुख रहेको उक्त विभागमा सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्यहरु मनोनित गरेका हुन् ।
मनोनित भएका सदस्यहरुमा प्रा.ई.महेश सिंह कठायत, (काठमाडौं), बासु कार्की (काठमाडौं), टेकबहादुर कुँवर (अछाम), लाक्पा शेर्पा (दोलखा), नरेन्द्र साह (पर्सा), अस्मिता लामा ‘खुशीमाया’ (लम्जुङ), तेज शाह (कञ्चनपुर), धनबहादुर गिरी (ओखलढुंगा), माधव पाण्डे (कालिकोट) र मोहन सुनार (दाङ) रहेका छन् ।

प्रतिक्रिया