January 16, 2025, 7:27 pm
» Security forces kill 22 terrorists in operations in NW Pakistan » उद्योग मन्त्रालयको बजेट कार्यान्वयन द्रूत गतिमा अघि बढाउन निर्देशन » रुखबाट खसेर बाजुरामा शिक्षिकाको मृत्यु » भारतीय प्रेमीसँग मिलेर श्रीमान‍्को हत्या » युद्धविराम सम्झौतालाई मन्जुरी दिन नेतन्याहुले गरे अस्वीकार

यी प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना

पुस १४, २०८१ मा प्रकाशित | ३५०दर्शक तीव्रखबर

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातका साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा हल्का वर्षाका साथै हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागमा हिमपात र वर्षा तथा तरार्इका केही स्थानमा वर्षा हुनेछ ।

आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया