February 24, 2025, 12:27 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

उद्योग मन्त्रालयको बजेट कार्यान्वयन द्रूत गतिमा अघि बढाउन निर्देशन

माघ ३, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको चालू आर्थिक वर्ष २०८१/८२को बजेट कार्यान्वयनका सम्बन्धमा हालसम्मको अवस्थाबारे छलफल सम्पन्न भएको छ।
मन्त्री दामोदर भण्डारीको उपस्थितिमा भएको छलफलमा मन्त्रालयका सचिव द्वय कृष्ण बहादुर राउत र गोविन्द बहादुर कार्की, महाशाखा प्रमुख तथा विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो।
छलफलका क्रममा हालसम्म मन्त्रालयको कार्य प्रगतिको समीक्षा गर्दै बजेट तथा कार्यक्रम कार्यान्वयनको सम्बन्धमा देखा परेका समस्या यथाशीघ्र निराकरण गरी बजेट तथा कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिन मन्त्री भण्डारीले निर्देशन दिए।
उनले हालसम्मको कार्य प्रगतिको रिपोटिंग पेस गरेका महाशाखा प्रमुख र विभागीय प्रमुखलाई कार्य सम्पादन कार्य द्रूत गतिमा अघि बढाई कामको शतप्रतिशत परिणाम दिने गरी काम निर्देशित गरेका छन्।

प्रतिक्रिया