December 29, 2024, 1:16 am
» राष्ट्रिय च्याउ दिवस : परिकार निःशुल्क चाख्न पाइने » कैलालीबाट चुनाव लड्छु : परराष्ट्रमन्त्री आरजु » पहिलो दल बने गिरिबन्धु, वाइडबडी सबैको फाइल खोल्छौँ : प्रचण्ड » अराजकताविरुद्ध सरकार कठोर निर्णय गर्नेछः मुख्यमन्त्री कार्की » आगो ताप्ने क्रममा सामान्य विवाद, एकको मृत्यु

कार्यकर्तालाई मुकुल ढकालले भने – रवि सहकारी ठग हुन्, ठगलाई बचाउन उर्जा खर्च नगर्नुहोस् !

अशोज ७, २०८१ मा प्रकाशित | ९६०दर्शक तीव्रखबर

काठमाडौं, : । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाइदिन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै ढकालले सहकारी ठगीको आरोप लागेका सभापति लामिछानेलाई समातेर प्रहरीमा बुझाइदिन कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।

उनले सहकारीको रकम अपचलन गरेका लामिछानेलाई पार्टीभित्र बसिरहन छुट नभएको बताउँदै समातेर प्रहरीको जिम्मा लगाउनुपर्ने बताए।

आफ्नै कार्यकर्तालाई ढाल बनाएर पार्टीको कार्यालयमा बसेका लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाउन रास्वपाका कार्यकर्ताहरूलाई समेत अनुरोध गरेका छन्।

ढकालले लेखेका छन्,’प्रिय रास्वपा मित्रहरू- हामीले बनाएको पार्टी भ्रष्ट, ठग , दलाल र अपराधीको संरक्षणको लागि होइन बल्की तिनीहरुको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो ।

तपाईंहरुको उर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो । हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरूलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाईदिनुस् ताकी कानुनभन्दा माथि कोही हुनुहुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस् ।

विधिको शासन स्थापना गर्ने बेला हो । ठग जो सुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो । कुनै व्यक्ति विशेषको ठगी जोगाउनका लागि पार्टी प्रयोग हुनुहुँदैन,गर्नुहुँदैन ।’

लामिछानेमाथि सहकारीको अरबौं रकम अपचलन गरेको आरोप छ। सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न गठित छानबिन विशेष समितिले पनि लामिछानेलाई सहकारीको रकम अपचलन गरेको ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको छ।

लामिछानेले सहकारीबाट आएको रकम गोरखा मिडिया नेटवर्कमार्फत् अपचलन गरेको समितिले ठहर गरेको छ।लामिछाने प्रबन्ध निर्देशक रहेकै समयमा पोखराको सूर्यदर्शन,बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीबाट ८१ करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको समितिको ठहर छ ।

रवि लामिछानेविरुद्ध चितवन प्रहरीले पनि थाल्यो अनुसन्धान
संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वायनमा गएसँगै पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको अनुसन्धानलाई प्रहरीले तिव्रता दिएको छ ।

गृहमन्त्री रमेश लेखकले नै लामिछानेमाथि अनुसन्धान गर्न निर्देशन दिएका छन् ।गृहमन्त्रीकै निर्देशनपछि आइतबार गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी पक्राउ परेका छन् ।

कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो । जोशीको बयानपछि लामिछानेको हकमा निर्णय लिने प्रहरी तयारी छ । त्यस्तै, चितवन प्रहरीले पनि लामिछानेमाथि अनुसन्धान थालेको छ ।

जिबी राई समूहले सञ्चालन गरेको चितवनको साहारा चितवन सहकारीबाट पनि गोर्खा मिडियामा पैसा गएको हो ।

सो पैसा टेलिभिजनका प्रबन्ध निर्देशकका रुपमा उनले अपचलन गरेको अभियोग रविमाथि लागेको छ ।

स्रोतका अनुसार साहारा सहकारीको अनुसन्धान प्रतिवेदन केही दिनमै बुझाउन लागिएको छ । सोही कारण चितवन प्रहरीले अनुसन्धानलाई तिव्रता दिएको छ ।

प्रतिक्रिया