January 18, 2025, 10:47 am
» मोरङको ग्रामथानमा माओवादी केन्द्रको जनसभा सुरु » युद्बबिरामको घोषणा पछि इजरायलद्दारा १२२ प्यालेस्टाइनीको हत्या » युद्बबिराम अनुमोदन गराउन नेतान्याहुलाइ लाग्यो ६ घन्टा » म्याग्दीमा जीप दुर्घटना » गाजामा युद्बबिराम आइतवार बिहान ८ः३० बजेवाट लागु हुने

पूर्वडीआईजी जोशीलाई पोखरा ल्याइयो

अशोज ६, २०८१ मा प्रकाशित | ९४०दर्शक तीव्रखबर

पोखरा । काठमाडौँको बानेश्वरबाट पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पोखरा ल्याइएको छ ।

जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको थियो ।

उनलाई अनुसन्धानका लागि पोखरा ल्याइएको हो । बुद्ध एयरको उडानमार्फत पोखरा ल्याइएको प्रहरीले जनाएको छ ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई र पूर्वगृहमन्त्री रवि लामिछानेसँग मिलेर जोशीले पनि रकम अपचलन गरेको संसदीय विशेष छानबिन समितिको निष्कर्ष छ ।

उनीहरू तिनैजना व्यापारिक साझेदार हुन् । उनीहरुले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको संसदीय छानबिन समितिको निष्कर्ष छ ।

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन गरेको केही घण्टामै जोशी पक्राउ परेका थिए ।

प्रतिक्रिया