December 28, 2024, 4:10 pm
» राष्ट्रिय च्याउ दिवस : परिकार निःशुल्क चाख्न पाइने » कैलालीबाट चुनाव लड्छु : परराष्ट्रमन्त्री आरजु » पहिलो दल बने गिरिबन्धु, वाइडबडी सबैको फाइल खोल्छौँ : प्रचण्ड » अराजकताविरुद्ध सरकार कठोर निर्णय गर्नेछः मुख्यमन्त्री कार्की » आगो ताप्ने क्रममा सामान्य विवाद, एकको मृत्यु

सत्तामा मात्रै छ सबैको ध्यान : निरन्तर ओरालो यात्रामा ठूला दलको सान

अशोज ६, २०८१ मा प्रकाशित | ७९०दर्शक तीव्रखबर

काठमाडौं, । राजनीति केवल नेताको हितमा मात्र केन्द्रित छ । को कति मन्त्री प्रधानमन्त्री सांसद हुने त्यो भागवण्डामा पर्ला । तर, जनताको स्वार्थ कांग्रेसमा छलफल नै हुँदैन ।

जनताको सरोकार प्रति चासो नदिने राजनीति देशमा आवश्यक छैन । कांग्रेसले कृषि स्वास्थ्य र ऊर्जा मन्त्रालयको महत्व कति बुझ्छ । गृह पाए अरु मन्त्रालयको महत्व नहने वातावरण भ्रष्ट मानसिकता हो ।

देशलाई कृषि प्रधान भन्ने किसानले पाउने अनुदान नेताको कमाईमा केन्द्रित हुने अवस्था छ । संसद्की चलु बैठक अन्त गरी प्रेम विदेश भ्रमणमा जादैछन् ।

जनताको हित भन्दा नेताको स्वर्थामा व्यवस्था परिवर्तन भएको देखियो । दश वर्ष हतियार उठायो शान्तिवार्ता पछि माओवादी निरन्तर सत्तामा रह्यो । तर, जनताको आवश्यकतातर्फ माओवादी गम्भीर भएन ।

एमालेलाई मारवाडी र व्यापारी पोस्नु छ । जनता जोडिने अर्थ उद्योग वाणिज्य तथा आपूर्ति, भूमिसुधार मन्त्रालय एमालेले लिएको छ । तर, कालो बजारमा उसको चासो छैन ।

खाद्यान्नमा मनपरी मूल्य छ । सरकार चासो दिन्न काँग्रेस बोल्दैन विपक्षी सुन्दैन । स्वास्थ्य मन्त्रीले कसरी काम गर्लान सर्वत्र चासो बढिरहँदा स्वास्थ्यमन्त्री प्रदिप पौडेल काममा खटेका छन् ।

मन्त्री पौडेलले रोकिएको स्वास्थ्य विमा कार्यक्रम सूचारु गर्ने प्रयास कति ठाउँमा त्यसको सन्देश पुगेको छैन ।

छलगत रूपमा जति नै क्रान्तिकारी भएपनि स्वास्थ्यमन्त्री बनेका माओवादीका गिरिराज मणि पोखेल काँग्रेसका गगन थापा र रास्वपाकी तोषिमा कार्कीले गरेको सुधार कांग्रेस कै प्रदिप पौडेलले गरेका छन्, गर्दैछन् ।

कतिको कामकागजमा थन्कन्छन कति व्यवहारमा प्रदर्शन हुन्छ । निजी अस्पतालले ४२ करोडमा खरिद गर्ने मेसिन सरकारी अस्पतालमा रु. १ अर्ब ५० करोड खर्च गरिन्छ ।

रु. २६ लाख पर्ने औजार रु. १ करोड ५० लाख खर्च गर्ने चलन छ । माफिया विचौलिया स्वास्थ्य सचिव स्टोर प्रमुख मन्त्रीको स्वार्थ कमाउनु पर्नेहुँदा निजी अस्पताल र सरकारी अस्पतालको खरिदमा तलमाथि भएको हो ।

सूत्रका अनुसार रु १८ करोडको केमो थेरापी मेसिन वीरमा रु. ४५ करोड खर्च गरिन्छ । ११ करोडको एमआर आई २५ करोड ५ लाखको अल्ट्रासाउण्ड रु. २५ लाख खर्च हुने पनि त्यही हो । देशका १६ मारवाडी १० विचौलिया ३० जना नेता खराब हुँदा स्थिति झनझन ध्वस्त हुँदैछ ।

नेपालका अस्पतालमा डाक्टर छन् आवश्यक मेसिन छैन जहाँ सरकारले जनताका लागि सघाएको होस् महावीर पुनले आफ्नै जीवनका भोगाइ सम्बन्धी पुस्तक बेचेर प्राप्त रकम कृषि औजार कारखानाको सुधारमा खर्च गर्ने भनेका छन् ।

भ्यूटावर बनाएर राज्यको अबौं स्वाहा पारेका पौरखी मुलुकमा प्रधानमन्त्री छन् । आफ्नो स्वार्थका लागि हावादारी योजना ल्याएर बजेट अभावमा बहुवर्षे योजनामा पार्ने गलत संस्कृतिको अन्त गराउन नेपाली काँग्रेस नै कृषि, ऊर्जा, शहरीविकास मन्त्रालय जनताको नजरमा पर्छन ।

तीन मन्त्रालयमध्ये प्रदिप पौडेल स्वास्थ्यमा छन् उनले काम थालेका छन् । हामी पढेका र जान्ने पुराना शोषण गर्ने भन्दै ०७९ मा उम्रेको रास्वपा सभापति रवि लामिछानेको लुटतन्त्रले सकिदैछ ।

दाइ भाउजुको पार्टीले टिकट नदिने भएपछि रिसाएर रातारात रास्वपा प्रवेश गरी तनहुँ १ को उपचुनाव जितेका डा। स्वर्णिम वाग्लेको धतुरो झरेको छ । जनताको वचत सहकारीबाट लुट्याएका रवि उम्कने ठाउँ छैन ।

ठगहरू रास्वपामा जस्तै एमाले र कांग्रेसमा पनि छन् । लोकतन्त्र यस्तैको भएको छ । एमाले नियोजित रूपमा सक्रिय हुन्छ । अहिले सभामुख एमाले प्रधानमन्त्री एमाले सेना प्रमुख एमाले, अदालत एमाले संसद्मा एमाले सरकारमा एमाले छन् ।

त्यहीकारण एमाले चम्केको छ । जनतालाई राहत दिनुपर्दैन । एमालेले विशाल अग्रवाल, मोति दूगड, शतिशलाल गुरुवाचार्य हुँदै दिपक भट्ट जस्ता विचौलियाको हितमा काम गर्नुपर्छ । विद्युत र एनसेलमा काम सम्पन्न भएका छन् ।

तर, कालोबजार चम्काउन एमालेका योजनाहरू चम्कदैछन् । एमालेका होलसेल व्यापारी बजार अभाव खडा गर्छन । उद्योग वाणिज्य आपूर्ति मन्त्रीले चीनी बजारमा हस्तक्षेप गछौं भन्दै कालोबजार चम्काइका छन् । बजारमा रु. ८५ को चीनी उपभोक्ताले १२० रूपैयाँ प्रति किलो तिर्नुपर्छ ।

खाद्यको हालत त्यही छ । तर, एमालेलाई उपसभामुख हटाउनु छ । संवैधानिक परिषद्मा बहुमत पुयाउन सरकारको तहबाट जसरी उपसभामुख माथि अनेक लान्छना लगाउन एमाले उन्मुख छ । यो आरोपको छानबिन भएकै छैन ।

किनकी पैसा लिएर नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाउने कानून बनाउने केपी ओली पैसा संकलन गर्ने टोपबहादुर, बालकृष्ण खाँडहरू राजनीति उच्च तहका भए । प्रशासनिकतह देखि प्रम ओलीको सचिवालयका बज्रेश शाक्यसम्म यहाँ जोडिएकै हुन ।

ठूलाले जे गरेपनि हुन्छ कानून सानालाई लाग्छ । जो निर्दोष छ त्यो दोषी बन्ने लोकतन्त्र गणतन्त्रको मर्यादा कति रहन्छ । हिंसा शब्दको प्रयोग सबैले गरेका छन् । केही निहुँ नपाएपछि झगडा गर्न को भन्दा को कम भन्नेभयो । दबाब साप्ताहिकका साथमा ।

प्रतिक्रिया