December 28, 2024, 3:28 pm
» अराजकताविरुद्ध सरकार कठोर निर्णय गर्नेछः मुख्यमन्त्री कार्की » आगो ताप्ने क्रममा सामान्य विवाद, एकको मृत्यु » टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह » सर्वोच्चका पूर्वन्यायाधीश वस्तीको निधन » पच्चीस न्यायाधीशको सरूवा सिफारिस

सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ

अशोज ४, २०८१ मा प्रकाशित | ८५०दर्शक तीव्रखबर

जनकपुरधाम– जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संविधानमा भएका अधिकार पनि खोस्ने खेल भैरहेको बताएका छन् । 

शुक्रबार जनमत पार्टी धनुषाका इन्चार्ज सुरेन्द्र मण्डलको अध्यक्षतामा प्रशिक्षण तथा कार्यक्रम शुभकामना कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष डा.राउतले संविधान संशोधनको मुद्दा देखाएर संविधानमा भएका अधिकारहरू पनि कटौती गर्ने कांग्रेस-एमलेले रणनीति रहेको आरोप लगाए ।

उनले संविधानमा दिएको अधिकार पनि खोस्ने प्रयास  भैरहेको बताउँदै थप अधिकार सम्पन्न हुनेगरि संविधान संसोधन गर्नुपर्नेमा जोड दिए ।

देशमा अलग अलग विचारका दुई ठूला पार्टी मिलेर बनेको सरकारले अनिष्ट र विनाशको सङ्केत दिएको अध्यक्ष डा. राउतले दाबी गरे । उनले नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधन गरेर समानुपातिक समावेशी प्रणाली खारेज गर्न लागि परेको बताए । उनले भने, ‘अमेरिकामा दुई पार्टी छन्, दुई पार्टी कहिल्यै मिलेर सरकार बनाउँदैनन् । एउटा आकाश र एउटा पाताल जस्तै हुन् । भारतमा विजेपी–काँग्रेस मिले के हुन्छ रु नेपालमा कांग्रेस र एमाले कसरी मिले रु आकाश-पाताल मिलेका छन् । यो अनिष्ट र विनाशको संकेत हो । संविधान संशोधनको लागि मिलेको भन्छन् ।’

प्रतिक्रिया