September 19, 2024, 9:33 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

शेखर–गगन समूहले माग्यो ४ वटा मन्त्रालय

असार ३१, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन कुमार थापा समूहले पार्टीमा कम्तीमा ४ वटा मन्त्रालय माग गरेको छ।

पछिल्लो राजनीतिक अवस्था र सरकारमा मन्त्री पठाउने विषयमा छलफल भएको नेताहरूले बताएका छन्। कम्तीमा ४ वटा मन्त्रालय आफ्ना पक्षका नेताहरूले पाउनुपर्ने निष्कर्ष उनीहरूले गरेका छन्।

नेता कोइरालाको विशालनगरस्थित सचिवालयमा भएको छलफलले यस्तो निष्कर्ष निकालेको बैठकमा सहभागी नेता अर्जुनरसिंह केसीले  जानकारी दिए।

आइतबारको छलफलमा नेताहरू धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडु, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी थिए।

बैठकमा सबैले आ–आफ्नो तर्फबाट धारणा राखेका थिए।

प्रतिक्रिया