September 19, 2024, 9:07 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

‘संविधानमा भनिएको रोजगारीको अधिकार कार्यान्वयन नहुँदा युवाहरु विदेशिन बाध्य भए’ : प्रधानमन्त्री

अशोज ३, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा भनिएको रोजगारीको अधिकार प्रभावकारी ढंगले कार्यान्वयन गर्न नसक्दा युवाहरु विदेश जान बाध्य भएको बताएका छन् ।उनले संविधानलाई जीवनमय बनाउनका लागि राज्य र नागरिक दुवै पक्षको प्रयास जरुरी रहेको बताए ।

संविधानमा भनिएको रोजगारीको अधिकार प्रभावकारी ढंगले कार्यान्वयन हुन नसकेकै कारण आज युवाहरु रोजगारीकै लागि देश छोड्न विवश छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले संविधानलाई जीवन बनाउनुपर्छ भन्ने गरेको हुँ । यसलाई जीवनमय बनाउन राज्य र नागरिक दुवै पक्षको प्रयास जरुरी छ । सरकार यस कुरामा दृढ छ र यसको प्रभावकारी कार्यान्वयन गर्न लागि परेको छ ।’

त्यस्तै नेपालको संविधान २०७२ ले सबैलाई प्रतिस्पर्धाका लागि समान आधार तयार गरेको बताए । नागरिकको जीवन उकास्न ज्यालामा आधारित रोजगारीलाई मर्यादित एवं सुरक्षित बनाउने र योगदानमा आधारित सामाजिक सुरक्षामार्फत् सेवा निवृत्तिपछि उनीहरुको जीवन सहज र सुखी बनाउने कुरामा सरकार दृढ रहेको बताए ।

त्यस्तै संविधानबारे केही टिकाटिप्पणीहरु बाँकी रहे पनि मुल असहमतिको विषयहरु निरुपण भएको बताए । संविधान जारी हुँदा ९ वर्ष अघि देखिएको असहमति अहिले शान्त रहेको बताए ।

‘अपवादलाई छोडेर यस संविधानले सबै नेपालीको भावनालाई समेटेको छ । यदी सबैको भावना नसमेटिएको हुन्थ्यो भने नौँ वर्षअघि संविधान जारी हुँदाको असहमति त्यतिकै शान्त हुने थिएन,’ ओलीले भनेका छन्, ‘आज म संविधान दिवस मनाइरहँदा, असहमतिको आडमा हामीबीचको सद्भाव खल्बल्याउन खोज्ने शक्तिहरुका विरुद्ध एकहुने आम नेपाली जनताको सुझबुझपूर्ण सहयोगको स-गौरव स्मरण गर्दै विशेष धन्यवाद भन्न चाहन्छु ।’

त्यस्तै वर्तमान व्यवस्था निरंकुश वंश शासनको निरन्तरतालाई चिरेर अघि बढेको भन्दै इतिहास पछि नफर्किने बताए ।
आज संविधान निर्माणको १० वर्ष पूरा भएको छ । आज देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस हर्षोल्लासका साथ मनाइँदैछ ।

प्रतिक्रिया