September 19, 2024, 9:26 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

पक्राउ पुर्जी फिर्ता नभए भोलि देशभर चक्काजाम र विरोध प्रदर्शन गर्ने दुर्गा प्रसाईँको घोषणा

अशोज ३, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पक्राउ पुर्जी जारी भएकोविरुद्ध चक्काजामको घोषणा गरेका छन् ।बुधबार प्रसाईँसहित प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौंले  पक्राउ गर्न अनुमति दिएको छ ।साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन विपरित काम गरेको भन्दै उनीहरुविरुद्ध पक्राउको अनुमति माग गरेको थियो ।

राष्ट्र, राष्ट्रियता धर्मसंस्कृती र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईँले भोलिसम्म पक्राउ गर्ने निर्णय फिर्ता नभए चक्काजाम गर्ने उर्दी जारी गरेका हुन् ।

महाअभियानले विज्ञप्ति जारी गर्दै सरकारले पक्राउ गर्ने आदेश फिर्ता नलिए आज संविधान दिवसको दिन देशभर राँकेजुलुस गर्ने र भोलि देशभर चक्काजाम, विरोध सभा, धर्ना लगायतका कार्यक्रमहरु गर्ने बताइएको छ ।

‘हाम्रो अभियानका केन्द्रीय संयोजक श्री दुर्गा प्रसाईँज्यु साथै सञ्चारकर्मी श्री प्रकाश चन्द्र दाहाल र जीवन पाण्डेज्यु माथि कपोकल्पित र झुटा मुद्दा जाहेर गर्दै पक्राउ पुर्जी जारी गरी राज्यले दमन कार्यनीति अपनाएको छ । यसको घोर भत्र्सना गर्दै सो नीति सरकारले तत्काल फिर्ता नलिए आज मिति २०८१ साल असोज ३ गते देशैभर विरोध सभा राँकेजुलुस, विरोध प्रदर्शन र भोलि मिति २०८१ असोज ४ गते बाट देशैभर चक्काजाम, विरोध सभा, धर्ना लगायतका कार्यक्रम अघि बढाउनु हुन सबै नगर, जिल्ला ,अञ्चल तथा केन्द्रीय पदाधिकारी ज्युहरुलाई यसै विज्ञप्ती मार्फत् हार्दिक आह्वान गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रसाईँको नेतृत्वमा रहेको महाअभियानले यसअघि पनि काठमाडौं लगायत विभिन्न स्थानहरुमा विरोध प्रदर्शन गर्दै आइरहेको छ ।

प्रतिक्रिया