September 19, 2024, 9:31 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा

अशोज २, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद गीता बस्नेतलाई जस्तै मुद्दा चल्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार ‘एक महिने विशेष अभियान’ को सुरुवात कार्यक्रमलाई सम्बोधनका क्रममा थापाले राप्रपा सांसद बस्नेतलाई जस्तै गरी पूर्वगृहमन्त्री लामिछानेविरुद्ध पनि मुद्दा चल्ने बताएका हुन् ।

सांसद गीता बस्नेत अहिले अभियोजन हुनु भएको छ । सांसद बस्नेतलाई यही दफा १२२ लागेको हो । उहाँ सहकारीको सदस्य पनि होइन,’ महामन्त्री थापाले भने, ‘उहाँलाई के लागेको हो ? १२२ । किन लागेको हो ? १२२ भन्दा सदस्य नभए पनि सहकारीबाट पैसा लिएर गएको । त्यसैले यसलाई सहकारी ठगी भनिन्छ ।’

थापाले संसदीय छानबिन समितिको प्रतिवेदनमा लामिछानेबारे विस्तृतमा नलेख्नुको कारण पार्टीका तर्फबाट समिति सदस्य रहेका सांसदद्वय दिलेन्द्रप्रसाद बडू र ईश्वरी न्यौपानेसँग सोधिएको पनि बताए ।माननीय दिलेन्द्र बडू र ईश्वरी न्यौपानेलाई सोधेँ, तपाईंहरूले सबै कानूनको नाम किन नलेखको ?,’ महामन्त्री थापाले भने, ‘उहाँहरूले भन्नुभयो–एउटा भए पो लेख्नु । ठगी पनि छ, किर्ते पनि छ, सहकारी पनि छ, फौजदारी पनि छ । यति धेरै भएकाले हामीले प्रचलित कानून लेखेका हौँ ।’

प्रतिक्रिया