September 19, 2024, 9:43 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

लेबनानमा हिजबुल्लाह सदस्यको सञ्चार उपकरण विस्फोट, ८ जनाको मृत्यु

अशोज २, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौँ । लेबनानमा हिजबुल्लाह सदस्यहरूको पेजर (सञ्चार उपकरण) मा विस्फोट हुदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिज्बुल्लाहका दुई सदस्य रहेको मिडिया रिपोर्टमा उल्लेख छ । यस विष्फोटमा हजार भन्दा बढी घाइते भएको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार पेजर ह्याक गरी ब्लास्ट गरिएको थियो । यस ह्याकिङको पछाडि इजरायलको हात रहेको दाबी गरिएको छ । हिजबुल्लाहले आक्रमणको लागि इजरायललाई जिम्मेवार ठहराएको छ । तर, इजरायलले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

पेजर सन्देश पठाउन र प्राप्त गर्न प्रयोग गरिने वायरलेस यन्त्र हो । यो सामान्यतया सानो स्क्रिन र सीमित किप्याडसंग आउँछ । यसको मद्दतले, सन्देश वा अलर्टहरू छिटो प्राप्त गर्न सकिन्छ ।

लेबनानी वेबसाइट नाहरनेटका अनुसार पेजर विस्फोटमा इरानका राजदूत मोजतबा अमानी पनि घाइते भएका छन् । तर, उनलाई गम्भीर चोट लागेको छैन । अरब मिडिया रिपोर्टका अनुसार शृंखलाबद्ध विस्फोटमा एक हजारभन्दा बढी हिजबुल्लाह सदस्यहरूलाई निशाना बनाइएको छ । हिजबुल्लाह प्रमुख हसन नसरल्लाह पनि घाइते भएको दाबी गरिएको थियो तर हिजबुल्लाहले यसलाई अस्वीकार गरेको छ ।

लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले देशभर भएका विस्फोटमा सयौं व्यक्ति घाइते भएको पुष्टि गरेका छन् ।  स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ । स्वास्थ्यकर्मीहरूलाई तुरुन्तै उनीहरूको अस्पतालमा मद्दतको लागि जान भनिएको छ ।

प्रतिक्रिया