September 19, 2024, 4:31 pm
» ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने

प्रधानमन्त्रीकै कारण बालिकाहरुले न्याय नपाएर मर्नु परेको छ : बालेन

भदौ २९, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण पीडित बालिकाहरुले न्याय नपाएर मर्नु पर्ने अवस्था रहेको आरोप लगाएका छन् ।

शनिबार साँझ सामाजिक सञ्जालमार्फत बालेनले पीडित बालिकाहरु न्याय नपाउँदै ज्यान गुमाउनु पर्ने अवस्था रहेका कारण आफूले बाल दिवसको शुभकामना व्यक्त गर्न नसकेको उल्लेख गरेका छन् । उनले आजको बाल दिवसको शुभकामना प्रधानमन्त्रीलाई टक्राउन चाहेको समेत बताएका छन् ।उनले लेखेका छन् , ‘पीडित बालिकाहरुले प्रम (खडग प्रसाद ओली)को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको सुभकामना दिन सकिन ,सो सुभकामना स्वय प्रम ज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।

प्रतिक्रिया