February 24, 2025, 9:26 am
» पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी

रुपन्देहीमा रविसहित ५० जना प्रतिवादी, लामिछानेसँग चार करोड बढी दाबी

माघ ६, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर गरेको छ । लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर आज जिल्ला अदालतमा पूरक अभियोजन दर्ता गरिएको छ ।

उक्त सहकारी ठगी प्रकरणमा यसअघि २८ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलगायतलाई पनि प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलको कार्यालयका सहायक न्यायाधीवक्ता उमाकुमारी केसीले जानकारी दिइन् ।

‘पहिलेको मुद्दामा सहकारीका अध्यक्ष जिबी राईसहित २८ जनालाई प्रतिवादी बनाइएको थियो । अहिले पूर्वगृहमन्त्री (लामिछाने) र पूर्वडिआइजी (जोशी)लाई पनि सहकारी ठगी र संगठित अपराधको मुद्दामा प्रतिवादी बनाइएको छ’, उनले जनआस्थासँग भनिन् ।

उक्त सहकारीमा १८ सय बचतकर्ताको झण्डै ८७ करोड रुपैयाँ हिनामिना भएको प्रहरीको निष्कर्ष छ । त्यसमध्ये १४ करोड रुपैयाँ लामिछाने तत्कालीन प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा गएको दाबी छ ।

०७७ चैत १८ गते लामिछानेको नाममा दुई करोड ऋण स्वीकृत भएको र सो रकम गोर्खा मिडियाको ग्लोबल आइएमई बैंकको खातामा जम्मा भएको भौचर र कागजात पनि मिसिलमा उल्लेख गरिएको छ । त्यसैका आधारमा उनीविरुद्ध चार करोड १५ लाख बिगो मागदाबी गरिएको सहायक न्यायाधिवक्ता केसीले जानकारी दिइन् ।

सहकारी ठगी कसूरमा कास्की र काठमाडौँमा मुद्दा चलाइएका लामिछाने क्रमशः ६० र ६५ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए । दुवै जिल्ला अदालतमा उनीहरुविरुद्धका मुद्दा विचाराधीन छ ।

प्रतिक्रिया