September 19, 2024, 4:11 pm
» क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान » PM asks to secure future by using constitutionally ensured freedom

रोहित पौडेल बने वर्षका उत्कृष्ट खेलाडी

भदौ २८, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं – राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी बनेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा शुक्रबार भएको कार्यक्रममा रोहितलाई पल्सर स्पोट्र्स अवार्डको ‘प्लेयर अफ दि इयरको अवार्ड प्रदान गरिएको हो ।

यो विधामा रोहित,  फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङ मनोनयनमा परेका थिए । उनीहरुलाई‌ पछि पार्दै रोहितले अवार्ड जितेका हुन् ।

विश्वकप लिग २ खेल्न क्यानडा गएकाले रोहितकी आमा र दाजुले सो अवार्ड ग्रहण गरेका छन् ।

प्रतिक्रिया