September 19, 2024, 4:25 pm
» बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

रोनाल्डोको निर्णयक गोलमा पोर्चुगलको जित

भदौ २४, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा स्कटल्याण्डलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा पोर्चुगलले स्कटल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० ले पछि परेको पोर्चुगलले खेलको दोस्रो हाफमा दुवै गोल गरेर जित हासिल गरेको थियो । पोर्चुगलको जितमा ब्रुनो फेर्नानडेज र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । फेर्नानडेजले खेलको ५४औं र रोनाल्डोले खेलको ८८औ मिनेटमा गोल गरेका थिए । त्यस्तै स्कटल्याण्डका लागि स्कट म्याकटोमिनीले गोल गरेका थिए ।
यो जितसँगै पोर्चुगलले युइएफए नेसन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ र समुह एक मा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ ।

प्रतिक्रिया