September 19, 2024, 4:41 pm
» श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

स्वीजरल्याण्डमाथि स्पेनको शानदार जित

भदौ २४, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

काठमाडौँ । स्पेनले युइएफए नेसन्स लिग अन्तर्गत स्वीजरल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा स्पेनले स्वीजरल्याण्डलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
स्पेनका लागि फाबियन रुइजले दुई गोल गरेका थिए भने जोसेलु, फेरान टोरेजले एक एक गोल गरेका थिए । स्पेन यस खेलमा खेलको २०औं मिनेटमा रोबिन ले नोरम्यान्डले रातो कार्ड पाउदा १० खेलाडीमा सिमित भएको थियो । त्यसैगरी स्वीजरल्याण्डका लागि एक गोल जेकी आमडोनीले एक गोल गरेका थिए ।
स्पेनको यो जितपछि समुह ४ मा २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ भने स्वीजरल्याण्डले लगातार दोस्रो हार बेहोरेको छ ।

प्रतिक्रिया