September 19, 2024, 4:45 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

क्षमादेवी ग्रुपले ‘सुन तस्करी’ गरेकाे भन्दै सुशासन अभियानद्वारा उजुरी !

भदौ २३, २०८१ मा प्रकाशित | २०१०दर्शक तीव्रखबर

काठमाडौं । निर्माण जगतमा अलग्गै पहिचान बनाई सकेको क्षमादेवी ग्रुपले निर्माण समाग्रीको आयात गर्दै मुलुकका विभिन्न सहरमा विक्री वितरण गर्दै आएको छ । तथापी, निर्माण समाग्री आयात गर्दा सोही सामाग्रीहरु भित्र अवैध सुनको तस्करी धन्दा गर्ने आरोप लागेको छ ।

भक्तपुरको कौशलटारमा प्रधान कार्यालय रहेको क्षमादेवी ग्रुपका अध्यक्ष होमबहादुर बस्नेत उर्फ राजकुमार बस्नेतले नेपाल चीनबीच आयात निर्यातमा ३ दशकदेखि कारोवार गर्दै आएका भएतापनि उनलाई पछिल्लो समय सुन तस्करी धन्दामा संलग्न रहेको भन्दै विभिन्न निकायमा सुशासन अभियानले उजुरी दर्ता गरेको समाचारस्रोतले उल्लेख गरेको छ ।

उजुरीमा उल्लेख भएअनुसार ‘२०४९ सालदेखि खासामा झोलेपोके व्यापारबाट हात हालेका बस्नेत सामान्य किसानका छोरा हुन् । बस्नेतले तत्कालिन समयदेखि अहिलेसम्म राजश्व छली, चोरी तस्करी गरि नेपाालमा सामानहरु भित्र्याउँदै आएका छन्  ।’

त्यसैगरी ‘क्षमादेवी ग्रुपले चीनबाट युपिभिसीको झ्यालढोका, छानो र पोलिकार्बोनेसी लगायत भवन निर्माणमा प्रयोग हुने सामग्री आयात गर्दै आएको छ । सम्पूर्ण इलेक्ट्रिकल सामग्रीका लागि क्षमादेवी लाइट विभाग, आलुमिनियम विभाग, टायल्स एन्ड मार्बल्स, भूकम्पप्रतिरोधी इन्टेरियर सामग्री र निर्माण विभाग जस्ता नाम दिएर उनले अबैधरुपमा भन्सार छली गरि नेपाल भित्राएका सामानको आफुखुशी मुल्य निर्धारण गरेर अत्याधिक मंहगोमा सामान बिक्री गर्दै आएका छ । उक्त उजुरीमा दावी गरिएको छ ।

उजुरी पत्रका अनुसार ‘तातोपानी र रसुवा भन्सार नाकाबाट राजश्व छली चोरी तस्करी धन्दामा संलग्न सो ग्रुपले नेपाल भित्र्याउने गरेको सामान भित्र अवैध रुपमा ‘सुन’ समेत लुकाई छिपाइ ल्याउने गरेको आरोप छ ।’

क्षमादेवी ग्रुप अन्तर्गत क्षमादेवी बिल्डिङ प्रा.लि, क्षमादेवी आल्मुनियम प्रोफाइल प्रा.लि., क्षमादेवी कन्स्ट्रक्सन सोलुसन प्रा.लि., क्षमादेवी इन्टेरियर प्रा.लि., क्षमादेवी लाइट हाउस प्रा.लि र क्षमादेवी इन्टरनेशनल संचालनमा छन् । त्यसैैगरी झापाको धुलाबारीमा पाँचतारे होटल ‘होटल मेची क्राउन बाई द पीक’मा समेत लगानी गरेको छ । साथै सोही ग्रुपको लागनी दर्जनौं क्रसर उद्योगमा समेत रहेको बताइन्छ । सो उजुरी पत्रमा उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०८१ भाद्र ९ गतेको मितिमा सि–०१२०५७ दर्ता नम्बर रहेको उक्त उजुरीमा सो ग्रुपले गर्ने भन्सार छली, चोरी तस्करी लगाएत निजामती कर्मचारी समेतको अवैध लगानी रहनुका साथै सुन तस्करीामा समेत संलग्न रहेको आरोप लगाउँदै कारवाही गर्न माग गरिएको छ । यसै विषयमा ग्रुपका अध्यक्ष बस्नेतलाई उजुरीमा उल्लेखित आरोपका विषयमा प्रतिकृया लिन उनको मोवाइल नम्बरमा सम्पर्क गर्दा तीव्रखबरबाट भन्ने वित्तिकै गलत नम्बर परेको भन्दै फोन काटिदिए । पटक–पटक सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् ।

यो पनि पढ्नुहोस्

सुशासन अभियानद्वारा क्षमादेवी ग्रुप विरुद्ध अख्तियारमा उजुरी

प्रतिक्रिया