September 20, 2024, 12:25 pm
» रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ? » रौतहटमा फैलियो झाडा पखला » जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ » सहकारी ठगीमा फरारहरु खुलेआम : यस्ता छन् फरारहरुको नाम लिष्ट » पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा

ताइवानमा ‘यागी’ आँधी: चार जनाको मृत्यु ७८ जना घाइते

भदौ २३, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

काठमाडौँ । ताइवानमा यागी आँधीका कारण चार जनाको मृत्यु भएको छ । यो आँधीबाट ताइवानको उत्तरी भाग सबैभन्दा बढी प्रभावित भएको छ ।
‘यागी’ लाई यस वर्षको एसियाकै शक्तिशाली आँधी पनि भनिएको छ । इन्डो-प्यासिफिक ट्रपिकल चक्रवात चेतावनी केन्द्रका अनुसार शनिबार बिहान करिब २०३ किलोमिटर प्रतिघण्टाको गतिमा यो आँधी ताइवानको हाइ फोङ र क्वाङ निह राज्यमा पुगेको थियो ।
हावाहुरीले उडेको धुलोका कारण भवनका झ्याल र सवारी साधनमा क्षति पुगेको छ । हनोईमा धेरै रुखहरू ढलेका कारण विद्युत आपूर्तिमा पनि समस्या देखिएको छ ।
ताइवानको उत्तरी राज्य क्वाङ निहमा यस आँधीका कारण तीन जनाको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । हनोई नजिकैको हाइ दुआङमा एक जनाको मृत्यु भएको छ ।
सोही क्षेत्रमा ७८ जना घाइते भएको पनि समाचार छ । धेरै माछा मार्नेहरु पनि हराइरहेका छन् ।

प्रतिक्रिया