September 19, 2024, 12:56 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

मकवानपुरमा नेपाली सेनाको ट्रकमा आगलागी

भदौ २०, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

हेटौंडा । मकवानपुरमा नेपाली सेना सवार ट्रकमा आगलागी भएको छ।
थाहा नगरपालिका-४ स्थित कुर्सी मोडमा भएको आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
प्रहरीका अनुसार नेपाली सेना ७ नम्बर बाहिनी चनवनबाट तालिमका लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा विहिबार अपराहन्न आगलागी भएको जनाएको छ।
ट्रकको सापट भाँच्चिएपछि ट्रकलाई सडक छेउ लगाउने क्रममा अचानक आगो लागेको प्रहरीले जनाएको छ । सापट भाँच्चिएर डिजेल ट्यांकीमा लागेर डिजेल चुहिएपछि आगलागी भएको थियो ।
ट्रकमा लागेको आगो नियन्त्रणमा लिइसकेको र ट्रकमा सवार १८ जना सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया