February 24, 2025, 6:07 am
» महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता » बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्धय ढुंगाना र ढकालको इजलासमा » कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

महिला प्रदेशसभा सदस्यको गुनासो : महिला भएकै कारण विभेद

माघ १०, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

महेन्द्रनगर (धनुषा),  : मधेस प्रदेशसभाका महिला प्रदेशसभा सदस्यहरुले महिला भएकै कारण विभेद हुने गरेको गुनासो गरेका छन् ।

लैङ्गिक संवेदनशील संसदीय रिपोर्टिङ्गसम्बन्धी तीन दिवसीय कार्यशालाको समापन कार्यक्रममा बोल्दै आज महिला प्रदेशसभा सदस्यहरुले सदन बाहिर तथा सदनभित्र दुवै स्थानमा आफूहरुमाथी विभेद हुने गरेको दुखेसो गरेका हुन् ।

मधेस प्रदेशसभाका उपसभामुख बबिता राउत इसरले भन्नुभयो, “महिलाले राजनीतिमा अवसर पाउन सजिलो छैन । म लामो सङ्घर्ष पश्चात नै राजनीतिमा अवसर पाएको हुँ ।”

उहाँले महिलाहरुको राजनीतिमा सङ्ख्यात्मक उपस्थिति बढेपनि त्यसलाई गुणात्मक उपस्थितिमा बदल्न सञ्चार जगतको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

सो कार्यक्रममा प्रदेशसभा सदस्य किरण साहले प्रदेशसभा सदस्य शाहिदा खातुनमाथी भएको आक्रमणको विषयमा मिलेर आवाज उठाउनुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका सचेतक जिवछी यादवले महिला प्रदेशसभा सदस्यलाई बजेट विनियोजन तथा निर्णय प्रकृयामा सहभागी गराउनुपर्ने र महिला राजनीतिकर्मीले उठाएका समस्यालाई गम्भिरतापूर्वक लिन आग्रह गर्नुभयो ।

उहाँले महिला प्रदेशसभा सदस्यले सरकारलाई दिने सुझावको कुनै सुनुवाई नहुने गरेको आरोप समेत लगाउनुभयो ।

त्यसैगरी अर्का प्रदेशसभा सदस्य अनिताकुमारी साहले महिला प्रदेशसभा सदस्यको आवाज सरकारले नसुन्ने गरेको गुनासो गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य शाहिदा खातुनले आफूमाथि भएको आक्रमणको विषयमा जानकारी गराउँदै सरकारले न्यायकालागि कुनै पहल नगरेको बताउनुभयो ।

प्रतिक्रिया