September 19, 2024, 1:38 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

सिरियाली अधिकारी सवार गाडी विष्फोट हुँदा छ जना घाइते

भदौ १९, २०८१ मा प्रकाशित | ५१०दर्शक तीव्रखबर

सिरियाको दक्षिणी प्रान्त दारामा  बुधबार गभर्नरसहित स्थानीय अधिकारी सवार एउटा गाडीमा सडक किनारमा विष्फोट हुँदा छ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रान्तको पूर्वबाट स्थानीय अधिकारीहरू फर्किंदै गर्दा सडकको छेउमा आतङकवादी समूहले राखेको विस्फोटक पदार्थ बिस्फोट हुँदा छ जना सामान्य घाइते भएको मन्त्रालयले जनाएको छ ।युद्ध अनुगमन संस्था ’सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले घटनामा धेरै प्रहरी अधिकारीहरु घाइते भएको बताउनुभएको छ ।

दारा राष्ट्रपति बसर अल–असद विरुद्ध सन् २०११ मा भएको विद्रोहको उद्गम स्थल हो । यो रूसको समर्थनमा सन् २०१८ मा पुनः सरकारको नियन्त्रणमा फर्किएको थियो ।दारा प्रान्त नियमित आक्रमण, सशस्त्र झडप र अशान्तिले ग्रस्त छ ।दमास्कसको मुख्य सहयोगी रुसद्वारा प्रायोजित सन् २०१८ को सम्झौता स्वीकार गर्ने दारा प्रान्तका पूर्व विद्रोहीहरूले उक्त क्षेत्रमा आफ्ना हतियार प्रतिस्थापन गर्न सक्षम भए ।

सिरियाको युद्ध विदेशी सेना र जिहादीहरूको बीचमा जटिल द्वन्द्वमा परिणत भएको थियो । युद्धमा ५० लाख भन्दा बढी मानिसको मृत्यु हुनुका साथै लाखौं विस्थापित भएका थिए  ।

प्रतिक्रिया