September 19, 2024, 12:52 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

पलेशा गोवर्धनलाई पाँच लाख रुपैयाँसहित महानगरको सम्मान

भदौ १९, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौं- काठमाडौं महानगरपालिकाले पेरिसमा जारी पारालिम्पिक काश्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद ५ लाख रुपैयाँसहित सम्मान गरेको छ ।

बुधबार महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पाँच लाख पुरस्कारसहित सम्मान गरेका हुन् ।

त्यस्तै प्रशिक्षक कविराज नेगीलाई पनि महानगरले नगदसहित सम्मान गरेको छ । महानगरले नेगीलाई ३ लाख नगदसहित सम्मान गरेको हो ।

फ्रान्सको राजधानी पेरिसमा जारी १७ औँ पारा पारालिम्पिककी कास्य पदक विजेता पलेशा गोवर्धन बुधबार बिहान स्वदेश फर्किएकी हुन्।उनलाई राष्ट्रिय खेलकुद परिषदले सम्मानस्वरूप विमानस्थलदेखि दशरथ रंगशालासम्म नगर परिक्रमा गराएको थियो ।

प्रतिक्रिया