September 19, 2024, 1:15 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

पलेशाको भव्य स्वागत (फोटो फिचर)

भदौ १९, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौँ । परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् ।

पलेशालाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो । पलेशाको स्वागतमा राष्ट्रिय खेलकुद परिषदका विशिष्ट पदाधिकारीहरु विमानस्थल पुगेका थिए ।

विमानस्थलबाट पलेशालाई नगर परिक्रमा गराइदै छ । नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्याएर स्वागत गरिएको थियो ।

प्रतिक्रिया