September 19, 2024, 1:05 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

रियल म्याड्रिडको जितमा एम्बाप्पेको दुई गोल

भदौ १७, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल बेटिसलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा दुवै गोल किलीयन एम्बाप्पेले गरेका हुन् । उनले खेलको ६७औं र ७५औं मिनेटमा गोल गरेका थिए । ला लिगामा एम्बाप्पेको चौथो खेलमा पहिलो पटक गोल गरेका हुन् ।
रियल म्याड्रिडको यस सिजनमा यो दोस्रो जित हो । यो जितपछि चार खेलमा रियल म्याड्रिडको ८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै रियल बेटिसको भने ३ खेलमा २ अंक रहेको छ ।

प्रतिक्रिया