September 19, 2024, 4:03 pm
» क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान » PM asks to secure future by using constitutionally ensured freedom

पारालिम्पिकमा काश्य पदक विजेता पलेशालाई पूर्वराजा ज्ञानेन्द्रले दिए बधाई

भदौ १६, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले पेरिसमा जारी पारालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बधाई तथा शुभकामान दिएका छन् ।
आइतबार पूर्वराजा ज्ञानेन्द्रले पलेशाले ६० वर्षपछि ओलम्पिक इतिहासमा नेपालको लागि पहिलो पदक प्राप्त गरेको सुखद खबरले खुशी तुल्याएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्- ‘देशले विभिन्न चुनौतिहरुको सामना गरिरहनु परेको वर्तमान समयमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले अनेकौं प्रतिकुलताका बावजूत जुन सफलता हासिल गरेकी छिन यसले नेपाली खेलकुद इतिहास मै ठूलो सफलता प्राप्त गरेको छ भने नेपालको राष्ट्रिय गौरब बढाएको हामीले महशुस गरेका छौं ।’
उनले अन्तर्राष्ट्रिय खेलकुदमा ऐतिहासिक र पहिलो ठूलो पदक जित्न सफल भएकोमा पारा तेक्वान्दोकी पलेशा गोवर्धन सहित तेक्वान्दो एसोशियसन र तेक्वान्दो टीमलाई यो सफलताको लागि बधाई तथा शुभकामना दिएका छन् ।
पेरिस पारालिम्पिक- २०२४ अन्तर्गत भएको के-४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।

प्रतिक्रिया