September 19, 2024, 4:24 pm
» बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

कोरियाको गोलमा एटलेटिको म्याड्रिड विजयी

भदौ १६, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले दोस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले एथलेटिक क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिको म्याड्रिडको जितमा खेलको एक मात्र गोल ९० मिनेट पछिको इन्जुरी समयमा एन्जेल कोरियाले गरेका थिए ।
यो जितपछि एटलेटिको म्याड्रिडको ४ खेलमा ८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी एथलेटिक क्लबको ४ खेलमा ४ अंक रहेको छ ।

प्रतिक्रिया