November 16, 2024, 5:42 am
» शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? » मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु » नेसन्स कप फुटबल : पोर्चुगल क्वार्टर फाइनलमा » तराईका केही भूभागमा हुस्सु र कुहिरो, एकदुई स्थानमा वर्षाको सम्भावना » न्यूजील्याण्डकी कान्छी सांसद : जसले संसद्‍ बैठकमा गरेको विरोधको विश्वभर चर्चा

शरणार्थी शिविरमा इजरायली आक्रमण हुदाँ तीनको मृत्यु

भदौ ६, २०८१ मा प्रकाशित | ६६०दर्शक तीव्रखबर

वेस्ट बैङ्कस्थित प्यालेस्टिनी शरणार्थी शिविरमा बिहीबार भएको इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको कब्जा गरिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले भने सशस्त्र आतङ्कवादीहरूमाथि आक्रमण गरिएको बताएको छ ।

उत्तरी वेस्ट बैङ्कको तुलकेरेम शिविरमा भएको आक्रमणको क्रममा तीन जनाको मृत्यु भएको रमल्लाहस्थित मन्त्रालयका प्रवक्ताले विज्ञप्तिमार्फत बताउनुभयो ।

इजरायली सेनाले तुलकेरेममा राति ‘आतङ्कवाद विरोधी अभियान’ सञ्चालन गरेको बताएको छ ।    विज्ञप्तिअनुसार इजरायली सैन्य विमानले सशस्त्र आतङ्कारीहरूमाथि आक्रण गरेको र स्थल सैनिकहरूले यस क्षेत्रमा सडकमुनि राखिएको विस्फोटक पदार्थहरू फेला पारेका थिए ।  अगस्टमा वेस्ट बैङ्कमा इजरायली आक्रमणले प्रति दिन औसतमा एकजना प्यालेस्टिनीको ज्यान गएको संयुक्त राष्ट्रसङ्ले जनाएको छ ।

सन् २००० को दशकको सुरुमा प्यालेस्टिनी विद्रोहको दोस्रो इन्तिफादाको समयमा वेस्ट बैङ्कमा इजरायली हवाई आक्रमणहरू बारम्बार हुने गरेको थियो ।

लामो समयको युद्धविरामपछि अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणले गाजा पट्टीमा पुनः युद्ध निम्त्याउँदा पछिल्लो समयमा इजरायली कब्जामा रहेको वेस्ट बैङ्कमा हिंसात्मक गतिबिधिहरू बढिरहेका छन् ।

प्रतिक्रिया