September 19, 2024, 4:38 pm
» श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

बंगलादेशलाई हराउदै नेपाल समुह विजेता

भदौ ६, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौँ । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले बंगलादेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा समीर तामाङ र निराजन धामीले एक एक गोल गरेका थिए भने बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काएका थिए ।
यो जितपछि नेपाल समुह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो ।
अब शुक्रबार समुह चरणको अन्तिम खेल समुह बी को भारत र माल्दिभ्सबीच खेल हुदै छ । अब सेमिफाइनलको समीकरण शुक्रबारको सो खेलपछि हुने भएको छ ।
समुह बी बाट भारतर भुटानले एक एक खेल जितेका छन् भने माल्दिभ्सले एक खेलमा हार बेहोरेको छ ।

 

प्रतिक्रिया