विवेक लामाको रोमान्टिक पप गीत भन्छन काले काले को अडियो रिलिज

- April 21, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रसन्न रिमालको प्रस्तुती रहेको निकै नै रोमान्टिक पप गीतको अडियो कोचे मल्टिमिडिया मार्फत रिलिज गरिएको छ ।

विशेष त युवा पुस्तालाई लक्षित गरेर बनाईएको उक्त गीतमा विवेक लामाको
एकल शब्द, संगीत र स्वर रहेको छ ।
यस अगाडी पनि विवेक लामाले केहि चर्चित पप गीतहरुः डेटिङ जाउँन,
जुनेली रातमा आफ्नो स्वर दिईसकेका छन् । भन्छन काले काले वोल रहेको
यस गीतले पनि दर्शक÷स्रोताहरुको मन जित्न सफल हुनेछ भन्ने विश्वास
गायक विवेक लामाको रहेको छ ।

प्रसन्न रिमाल र विवेक लामाको सहकार्यमा यो गीत चाईल्ड भर्सनमा पनि छिट्टै बजारमा आउने कुरा प्रसन्न रिमाल बताउँछन् । (गीत सुन्न तल भिडियोमा क्लिक गर्नुहोस्)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!