December 25, 2024, 4:51 am
» हाइटीमा गोली चल्यो, दुई पत्रकार र एक प्रहरीको मृत्यु » क्रिसमसले आपसी विश्वास र एकताको भावनालाई प्रगाढ बनाओस् : राष्ट्रपति पौडेल » एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने » कांग्रेस सभापति देउवाबाट ‘क्रिसमस डे’ को शुभकामना » हिमपातले हुम्लामा हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर

रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने

भदौ ५, २०८१ मा प्रकाशित | ७८०दर्शक तीव्रखबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको आगामी उपनिर्वाचनमा भाग लिने भएको छ ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो ।
आगामी मंसिरमा देशभर रिक्त रहेको ३४ स्थानीय तह उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरिसकेको छ ।
गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि देशभर नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया