February 24, 2025, 3:01 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

हाइटीमा गोली चल्यो, दुई पत्रकार र एक प्रहरीको मृत्यु

पुस १०, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

क्यारेबियन देश हाइटीको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा गोली चल्दा २ पत्रकारसहित ३ जनाको मृत्यु भएको छ।

हाइटीको राजधानी पोर्ट-ओ-प्रिन्समा भएको गोलीकाण्डमा तीन जनाको ज्यान गएको छ भने अन्य धेरै जना घाइते भएका छन् ।

यो सार्वजनिक अस्पताल साउन अघि हिंसात्मक समूहले कब्जा गरेको थियो।

गोली चल्दा पत्रकारहरु स्वास्थ्यमन्त्रीलाई पर्खिरहेका थिए । रिपोर्टका अनुसार दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको हो । उक्त कार्यक्रममा एक हतियारधारी व्यक्तिले गोली चलाएको जनाइएको छ ।

हाइटी क्यारिबियन सागर मा स्थित एक देश हो। बीबीसी

प्रतिक्रिया