September 20, 2024, 6:41 am
» प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान » भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! » पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित » कटहरियामा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु » सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

यस्तो छ माओवादी केन्द्रको प्रदेश परामर्श बैठकको तालिका

भदौ ५, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेश परामर्श बैठक आजदेखि शुरु भएको छ । माओवादी केन्द्रको यसअघि साउनमा बसेको पदाधिकारी बैठकले गरेको निर्णय अनुसार केन्द्रिय समिति बैठक अघि प्रदेश परामर्श बैठक गर्न लागेको हो ।
आज र भोलि बागमती प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक शुरु भएको छ ।
त्यस्तै उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ७ र ८ गते बस्ने छ ।
त्यसैगरी  गण्डकी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र ९ र १० गते बस्ने छ भने सुदुपश्चिम प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र १२ र १३ गते बस्ने भएको छ ।
त्यसैगरी कर्णाली प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र १४ र १५ गते बस्ने छ भने लुम्विनी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते बस्ने भएको छ ।
त्यसपछि भाद्र १८ र १९ गते तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया