September 20, 2024, 6:59 am
» नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ- प्रचण्ड » प्रधानमन्त्री ओली अमेरिका प्रस्थान » प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री » प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान » भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग !

रास्वपाले डा. मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने

भदौ ५, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निवर्तमान महामन्त्री डा. मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ ।
बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले डा. ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
यसअघि रास्वपाले उनलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै साधारण सदस्यता कायम राख्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको थियो ।
डा. ढकालले भने कानुन अनुसार आफु अहिले पनि पार्टीको महामन्त्री र प्रवक्ता रहेको दाबी गर्दै आएका छन् भने निर्वाचन आयोगमा समेत रास्वपाको निर्णय कानुन विपरित भएको भन्दै निवेदन दिएका छन् ।

प्रतिक्रिया