September 19, 2024, 4:07 pm
» क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान » PM asks to secure future by using constitutionally ensured freedom

नेपाल र बंगलादेश साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा

भदौ ४, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका छन् ।
समुह ए अन्तर्गत मंगलबार सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेसँगै नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका हुन् । समुह ए का दुवै खेलमा हार बेहोरेपछि श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।
आइतबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा समुह ए मा रहेको नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियो भने सोमबार भएको समुह बी को खेलमा भारतले भुटानलाई १-० गोलले पराजित गरेको थियो ।
समुह ए मा पहिलो खेलमा नेपालसँग पराजित भएको श्रीलंका सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ भने बंगलादेशले आफ्नो पहिलो खेल खेल्दै छ ।
नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।
त्यस्तै नेपालले भने समुह चरणको अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया