November 16, 2024, 2:39 am
» नेसन्स कप फुटबल : पोर्चुगल क्वार्टर फाइनलमा » तराईका केही भूभागमा हुस्सु र कुहिरो, एकदुई स्थानमा वर्षाको सम्भावना » न्यूजील्याण्डकी कान्छी सांसद : जसले संसद्‍ बैठकमा गरेको विरोधको विश्वभर चर्चा » हमासले सार्वजनिक गर्‍यो इजरायली बन्धक ट्रुपानोभको चौथो भिडियो » चोरीका गहनासहित सुनचाँदी पसले पक्राउ

मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु : ट्रम्प

भदौ ४, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु राष्ट्रपतिमा विजयी भएमा टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार वा मन्त्री बनाउन आफू तयार रहेको बताएका छन् ।

समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पले मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को स्थान दिने बताएका हुन् । ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताउदै उनले चाहेमा उनलाई सल्लहाकार वा मन्त्री बनाउने बताएका छन् ।

ट्रम्पको भनाईपछि मस्कले एक्समा आफु सरकारको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी’ मा काम गर्न इच्छुक रहेको जवाफ दिएका छन् ।

टेस्ला र एक्सका मालिक मस्कले हालै ट्रम्पसँग एक अन्तर्वार्ता गरेका थिए । एक्सको स्पेसमा प्रशारण भएको सो अन्तर्वार्ता निकै चर्चित समेत बनेको थियो ।

प्रतिक्रिया