September 19, 2024, 4:17 pm
» क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान » PM asks to secure future by using constitutionally ensured freedom

महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

साउन ३२, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौँ । राष्ट्रिय महिला भलिबल टिमका सदस्यहरुलाई सरकारले जनही ३-३ लाख दिने भएको छ ।
सरकारले हालै सम्पन्न काभा महिला राष्ट्रिय भलिबल लिगमा उप विजेता बनेको नेपाली टिमका १४ सदस्यलाई जनही ३-३ लाख दिने निर्णय गरेको हो ।
त्यस्तै मुख्य प्रशिक्षकलाई २ लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोलाई जनही एक लाख २० हजार दिने निर्णय गरेको हो ।
साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले भलिबल खेलाडीहरुलाई सो पुरस्कार रकम दिने निर्णय गरेको हो ।

प्रतिक्रिया