February 23, 2025, 6:47 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

इजरायलद्धारा गाजामा ४० हजार भन्दा बढीको हत्या, ६० प्रतिशत भवन नष्ट

साउन ३१, २०८१ मा प्रकाशित | ११५०दर्शक तीव्रखबर

गाजा,  । इजरायलले ४० हजार भन्दा बढी प्यालेस्टाइनीको हत्या गरेको छ ।

हमास– इजरायल बिच गत अक्टोबर ७ बाट सुरु भएको युद्धमा इजरायलले ४० हजार बढी सर्ब साधारण प्यालेस्टाइनीकाे हत्या गरेको हो  ।

गाजामा इजरायली सैन्य कारबाहीका कारण ४०,००० भन्दा बढी प्यालेस्टाइनी मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यो संख्या २.३ मिलियन जनसंख्या को १.७ प्रतिशत भन्दा बढी भएको हमासको भनाई छ ।

हजाराैं प्यालेस्टाइनी जनताको अनाहकमा मृत्युको साथसाथै स्याटेलाइट छवि विश्लेषणका आधारमा गाजाका लगभग ६० प्रतिशत भवनहरू युद्धबाट क्षतिग्रस्त वा नष्ट भएको जनाईएको छ ।

गत केही महिनामा दक्षिणी सहर रफाहमा सबैभन्दा बढी क्षति भएको इमेजरीले जनाएको छ ।

प्रतिक्रिया