प्रहरीमा क्रमभंगता हुदै : देउवा र दाहालको आदेशमा चन्दको नाम आइजीपीमा चयन

- February 7, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल प्रहरी र शसस्त्र प्रहरीको महानिरिक्षक पदमा दलगत भागबन्डामा नाम चयन गरि सकिएको एक उच्च स्रोतको दाबी रहेको छ मन्त्रीपरिषद् बैठकमा सो चयन गरेको नाम गृहमन्त्रीले पेश गर्ने अन्तिम तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेसका सभापति शेरबहादुर देउवाबिच नेपाल प्रहरीको आईजीपी नेपाली कांग्रेस र शसस्त्रको आईजीपीमा माओवादी केन्द्रको सिफारिसमा छनौट गर्ने सहमति भएको छ ।
सहमति अनुसार माओवादी केन्द्रको भागमा परेको शसस्त्र प्रहरीको आईजीमा माओवादी केन्द्रले सिंह बहादुर श्रेष्ठको नाम टुंगो लगाई सकेको छ भने कांग्रेसका सभापति देउवाले आफ्नो भागमा परेको नेपाल प्रहरीमा डिआईजी जयबहादुर चन्दको नाम लैजान गृहमन्त्री बिमलेन्द्र निधीलाई निर्देशन दिईसकेको स्रोतको दाबी रहेको छ । बरियताक्रम अनुसार पहिलो नम्बरमा रहेका नवराज सिलवाललाई दलगत विल्ला लगाएर तीन नम्बरमा रहेका चन्दलाई आइजीपि बनाउने खेलका कारण समग्र प्रहरीको मनोबल कमजोर समेत भएको छ ।
काँगे्रसका सभापति देउवाले बिमेलेन्द्र निधीलाई आफ्नो निवासमै बोलाएर चन्दलाई महानिरिक्षक बनाउने बिषयमा आफ्नो निर्देशन मान्ने वा मन्त्रीबाट राजीनामा दिएर फिर्ता आउने एउटा विकल्प रोज्न भनेपछि गृहमन्त्री निधिले आईजीपी नियुक्तिमा चन्दको नाम सिफारीस गर्ने अन्तिम तयारीमा रहेको समेत गृहमन्त्रालय स्रोतले जनाएएको छ ।
कांग्रेसका सभापति देउवाले वरियताक्रम अनुसार चौथो नम्बरमा रहेका डिआईजी चन्दलाई आईजीपी बनाउन निर्देशन दिएपछि काँग्रेसभित्र पनि एक प्रकारको बहस चलेको छ । केहिदिनदेखि सुदुर पश्चिमका, चौध जना कांग्रेस नेता जिल्ला सभापति र सांसदहरु चन्दलाई नै आइजीपी बनाउनुपर्ने मागसहित देउवा निवास बुढानिलकण्ठमा धर्ना नै दिएर बसेका थिए ।
गृहमन्त्री निधिले देउवालाई डिआईजी नवराज सिलवाल एक नम्बरमा भएकाले विधि र प्रकृयालाई मिचेर एक नम्बरमा भएकालाई छोडेर अर्काे नम्बरमा भएकालाई ल्याउदा पार्टीकै बदनाम हुने जिकिर गरेपछि देउवाले मन्त्रीबाट फिर्ता बोलाउने बताएको स्रोतको दाबी रहेको छ । गृहमन्त्री निधि र प्रधानमन्त्री प्रचण्ड डिआईजी सिलवाललाई आईजीपी बनाउने मानसिक रुपमा तयार भएपनि देउवाले एमाले निकट मानिएका सिलवालका लागी पूर्वप्रधानमन्त्री केपी ओली लगायत एमाले नेताहरुले सिलवालको लविड गरिरहेकाले कुनै हालतमा सिलवाललाई बनाउन नहुने भन्दै प्रधानमन्त्री दाहाललाई भनेको आरोप समेत नाम नलेख्ने सर्तमा स्रोतले जनाएको छ ।
एकातिर देउवा र माओबादी केन्द्रलाई हातमा लिई मिडिया बाजि गर्दै आएका चन्दले अहिलेसम्म १० करोडभन्दा बढी खर्च गरेको आरोप समेत एक प्रहरी अधिकृतले लगाएका छन् । प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालका भतिजा प्रकाश अर्यालसमेत भित्रैभित्रै तस्कर र व्यापारीहरुलाई व्रिफकेश बोकाएर मन्त्रीनिवास धाउन थालेको आरोप समेत लागेको छ । आईजीपीको दौडमै रहेका डिआईजीहरुबाटै नेता तथा मन्त्रीलाई १० करोडसम्मको अफर लैजान तयार भएको नेपाल प्रहरीकै एक उच्च अधिकारीले आरोप लगाएका छन ।
प्रतिस्पर्धीहरुमा नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द, बमबहादुर भण्डारी रहेका छन् । आईजीपी उपेन्द्रकान्त अर्यालका भतिजा प्रकाश अर्यालका लागी प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले भरपुर कसरत गरिरहेका भएपनि सुनको कमिशन काण्डमा मुछिएका कारण उनी आफै खुलेर आईजीपीको दौडमा होमिन सकेका छैनन ।
पछिल्लो समयमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाड, ज्ञानेन्द्रबहादुर कार्की, गगन थापा, शंशाक कोईराला र स्वयंम गृहमन्त्री बिमलेन्द्र निधीले समेत आसन्न समयमा हुने चुनावमा आफु अनुकुल व्यक्ती ल्याउनु पर्ने भएकाले तत्कालको आईजीपीमा पहिलो बरियाताक्रममा रहेका सिलवाललाई नै आईजीपी बनाए बरियातक्रम अनुसार नियुक्ती गरेको सन्देश समेत दिन सभापति देउवालाई आग्रह गरेका छन् । पछि आफ्नो दलको नेतृत्वमा सरकार सञ्चालन गरेपछि सिलवालाई हटाई चन्दलाई नियुक्ती दिन सकिने सुझाब समेत ती नेताहरुले देउवालाई दिएको काँग्रेसका एक सांसदले बताएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!