September 19, 2024, 1:22 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा

साउन ३१, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल ७ लाख ७ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजका मिति (साउन ३१)ले ३५ दिनभित्र आवश्यक कागजातसहित के-कति कित्ता शेयर खरिद गर्न चाहेको हो सोको संख्यासमेत उल्लेख गरी लघुवित्तको केन्द्रीय कार्याल्य कटारी–२ मोरङमा निवदेन दिनुपर्नेछ ।
साथै, ३५ दिनभित्र खरिद निवेदन प्राप्त नभएको सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने प्रक्रिया अघि बढाइने पनि लघुवित्तले जनाएको छ।

प्रतिक्रिया