September 19, 2024, 11:46 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

नेकपा बिबाद मिलाउन चिनियाँ टोली फेरी नेपाल आयो कुनै पनि हालतमा नेकपा मिलाउने चिनियाँ रणनीति

पुस २६, २०७७ मा प्रकाशित | १०९०दर्शक तीव्रखबर

काठमाडौं। सत्तारुढ नेकपाको विग्रिएको आन्तरिक राजनीति उथलपुथल बनाएको नेपालको राजनीतिमा अहिले देशभित्रका सँगै देश बाहिरका शक्ति केन्द्रहरुको चासो ह्वात्तै बढेको छ। हरेक दिनजसो नयाँ नयाँ घटनाक्रमहरु विकसित भइरहेको पाइएको छ। यी घटनाक्रमहरु विकसित हुनुमा देशभित्रका भन्दा देशबाहिरको प्रभाव बढी देखिन थालेको छ। यहि बीचमा नेपालमा भइरहेका विभिन्न देशका मिसन टोलीको भूमिका शंकास्पद पाइएको छ।


यसैक्रममा शनिवार १३ सदस्यीय चिनियाँ टोली नेपाल भित्रिएको सुरक्षा स्रोतले जनाएको छ। शनिवार साढे ११ वजे दुवईबाट नेपाल एयरलाइन्सको जहाजमा १३ जना चिनियाँहरु नेपाल भित्रिएका हुन् । उनीहरु ठमेलको होटल एलफमा बसेका छन् । शनिवार आएका चिनियाँहरुमा काओ झिजिङ, फेङजी, लीउ होगंछुन, ली यू, लीयू छेंग, पेग होंग, साओ जुआन जुआन, तान लान, रेनकाङंग, तोङ वेनरोङ्गमाल, यानमिंग क्वी, यूआन जुपिंग र झ्या मुयान रहेका छन् । केहि दिन अघी चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारी यचौ नेपाल आएका थिए। त्यसबीचमा अन्य दुई टोलीमा पनि नेपालमा सक्रिय रहेको थियो। अब थप टोली नेपाल आएको छ । यो टोलीले थप आफ्नो पक्षमा हुनेगरि नेपालको राजनीति मिलाउने प्रयास ग्ने अनुमान राजनीतिक वृत्तमा गरिएको छ

प्रतिक्रिया