December 23, 2024, 4:48 am
» एम्बाप्पेको सानदार गोलमा रियलको जित » रवि हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ » रवि लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस » चिकित्सकको ‘बलात्कार र हत्या’ को आरोप लागेका भारतीयद्वारा आफू निर्दोष रहेको अदालतसमक्ष बयान » तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

बिधुत शुल्कः ‘महालेखा भन्छ- २२ अर्ब उठाउनु भन्छ, प्रचण्ड सरकार भन्छ- ६ अर्ब मात्रै उठाउनु’

साउन २९, २०८१ मा प्रकाशित | ९८०दर्शक तीव्रखबर

काठमाडौं,  । महालेखा नियन्त्रण कार्यालयले २२ अर्ब उठाउनु भन्दा भन्दै पनि तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड सरकारले भने ६ अर्ब भन्दा नउठाउनु भनेर निर्देशन दिएको खुलासा भएको छ ।
कुलमान घिसिङ नेतृत्वको बिद्युत प्राधिकरणले १६ अर्ब छुट दिए पछि सार्वजनिक लेखा समितिले छलफल चलाएको जनाउँदै सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ब्यावसायी र प्राधिकरण नेतृत्वको मिलोमतोमा भएकोसमेत जनाए ।

‘२०८१ बैशाख २१ गते प्रचण्ड नेतृत्वको सरकारले ६ अर्बको मात्रै बिल पठाउनु भनेर निर्देशन दिएको थियो, खासमा १६ अर्ब छुट दिलाउनका लागि तत्कालिन सरकारको नेतृत्व, ब्यावसायी र प्राधिकरणको मिलोमतो देखिन्छ,’ उनले भने ।
बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महालेखाले बेरुजु देखाउँदा देखाउँदै १६ अर्ब छुट दिए पछि बाध्य भएर लेखा समितिमा छलफल चलाउनु परेको खुलेको हो ।

प्रतिक्रिया