September 20, 2024, 4:10 am
» प्रधानमन्त्री ओली आज अमेरिका जादै » च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित » मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली » ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

बिहारको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु, नौ घाइते

साउन २८, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

जेहनावाद । भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका छन् । बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त दुःखद् घटना भएको हो ।

घटनाको पुष्टि गर्दै जेहानाबादका जिल्ला प्रशासक अलङ्कृता पाण्डेले बाबा सिद्धनाथ मन्दिरमा भएको भागदौडमा मृतक तथा घाइतेको पुष्टि गर्दै हाललाई स्थिति नियन्त्रणमा रहेको बताएकी छन् भागदौड कसरी सुरू भयो भन्ने विषयमा तत्काल कुनै जानकारी प्राप्त हुनसकेको छैन ।जेहानावादका प्रहरी प्रमुख दिवाकरकुमार विश्वकर्माले जिल्ला प्रशासक र प्रहरी उपरीक्षक घटनास्थलमा गई घटनाको जानकारी लिइरहेको बताएका छन् । उनीहरूका अनुसार शवहरू पोस्टमार्टमका लागि पठाइँदै छ ।यसैबीच, जेहानाबादका प्रहरी अधिकारी विकास कुमारले घटना प्रति दुखः व्यक्त गर्दै उचित व्यवस्था सुरक्षा हुदाँहुदै पनि दुःखद् घटना हुन पुगेको उल्लेख गरेका छन् । उनका अनुसार घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया